नेपाल सुपर लिग : आज काठमाण्डौ र चितवन तथा धनगढी र झापा खेल्दै

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज काठमाण्डौ रेजर्स एफसी र एफसी चितवन तथा धनगढी एफसी र झापा एफसी खेल्दै छन् ।

काठमाण्डौ र चितवनको खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालमा दिउँसो साढे २ बजे शुरू हुनेछ । लिग अन्तर्गत काठमाण्डौले आज छैटौं र चितवनले पाँचाैं खेल खेल्न लागेका हुन् । अहिलेसम्मका खेलमा काठमाण्डौले एकमा जीत, दुईमा बराबरी र दुईमा हारसहित ५ अङ्क जोडेको छ । चितवनले दुईमा जीत एकमा बराबरी र एकमा हारका साथ ७ अङ्क बनाएको छ ।

यस्तै धनगढी र झापाबीचको खेल दशरथ रङ्गशालमा बेलुका ६ बजे शुरू हुनेछ । अहिलेसम्म चार खेल खेलेको धनगढीले दुईमा जीत र दुईमा बराबरी खेल्दै ८ अङ्क जोडेको छ । समान खेल खेलेको झापा अङ्कविहीन छ ।

एनएसएलमा धनगढी शीर्ष स्थानमा, ललितपुर दोस्रो र चितवन तेस्रो स्थानमा छन् ।