आज शेयर बजार उच्च अङ्कले घट्यो : कारोबार रकम पनि घट्यो

काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच अङ्कले घटेको छ । हिजो सार्वजनिक बिदा रहेकोले यो हप्ता आज पहिलो कारोबार भएकोमा शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ३३ अङ्कले घटेर २ हजार ६ सय ७० दशमलव ०६ बिन्दुमा झरेको छ ।

आज सबै उपसमूहको शेयर घटेर बजार राताम्मे भएकोमा व्यापार उपसमूह तीन प्रतिशत भन्दा धेरै र फाइनान्स उपसमूह दुई प्रतिशतभन्दा धेरै घटेको छ । आज अप्पर हेवाखोला हाइड्रोपावरको शेयर नौ प्रतिशत भन्दा धेरै घट्यो । समग्रमा बजार घटे पनि बाराही हाइड्रोपावरको शेयर भने सात प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गएको बिहिबार ७ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।