
आईपीएल क्रिकेटमा आज चेन्नई र दिल्ली तथा पञ्जाब र राजस्थान खेल्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आजको पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे पञ्जाब किङ्ग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।
चेन्नई र दिल्लीको खेल चेन्नईमा तथा पञ्जाब र राजस्थानको खेल पञ्जाबको मुल्लानपुरमा हुनेछ । चेन्नई तीन खेलमा २ अङ्कसहित तालिकाको आठौं र दिल्ली दुई खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । त्यस्तै पञ्जाब दुई खेलमा ४ अङ्कसहित शीर्ष र राजस्थान तीन खेलमा २ अङ्कसहित नवौं स्थानमा छ ।