
युक्रेनको क्रिभी रिहमा रुसी मिसाइल आक्रमण : बालबालिकासहित १८ जनाको ज्यान गयो
एजेन्सी । युक्रेनको शहर क्रिभी रिहमा भएको रुसी मिसाइल आक्रमणमा परी बालबालिकासहित १८ जनाको ज्यान गएको छ ।
मध्य युक्रेनी शहर क्रिभी रिहमा रूसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको र केही सङ्ख्यामा नागरिक घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
क्रिभी रिह युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको शहर हो । ज्यान गुमाउनेमा नौ जना बालबालिका रहेका छन् । आवासीय क्षेत्रमा मिसाइल आक्रमण भएको युक्रेनले जनाएको छ ।