
रवि लामिछानेलाई आज विमानमार्फत बुटवल लगिँदै
काठमाण्डौ । हिजो राती काठमाण्डौबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिँदैछ।
सहकारी ठगी अभियोगमा गएराति उनकै निवासबाट पक्राउ परेका लामिछानेलाई आज बिहान जहाजमार्फत् भैरहवा हुँदै रुपन्देहीको बुटवल लैजान लागिएको हो ।
लामिछानेलाई गएराति काठमाण्डौ प्रहरीकै हिरासतमा राखिएको छ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।