
बागमती प्रदेशमा भोलि सर्वदलीय बैठक बस्दै
काठमाण्डौ । बागमती प्रदेशमा सर्वदलीय बैठक भोलि बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक भोलि बिहान ८ बजेका लागि आह्वान गर्नुभएको हो ।
बैठकमा प्रदेशसभा सञ्चालनको विषय टुङ्ग्याउनका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कार्यसूची रहेको उहाँले बताउनुभयो ।
सभामुख पाठकका अनुसार बैठकले प्रदेशसभाको कार्यसूचीका विषयमा पनि टुङ्गो लाग्नेछ । सर्वदलीय बैठकका लागि प्रदेशसभाका सात दललाई पत्राचार भइसकेको उहाँले बताउनुभयो ।