
शिक्षा विधेयकलाई छिटो टुङ्ग्याउनुपर्नेमा मन्त्री भट्टराईको जोड
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ ।
आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयक धेरै पेचिलो विषय रहेको बताउनुभयो । सबैले आशा र प्रतिक्षा गरेको विधेयक भएकाले पनि सबैले समन्वय गरेर छिटो टुङ्ग्याउनुपर्ने उहाँको भनाइ छ ।
मन्त्री भट्टराईले ३५ दिनको कार्य योजना बनाएर उपसमितिले काम सुरु गरेकोमा खुशी प्रकट गर्नुभयो । उहाँले उपसमिति, समिति र मन्त्रालयसँगको सहकार्य गरेर समन्वयका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।