
प्रधानमन्त्री ओलीद्वारा ईद पर्वको शुभकामना
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ईद पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल मार्फत इस्लाम धर्मावलम्बीले मनाउने महत्वपूर्ण पर्व ईदको शुभकामना व्यक्त गर्नुभएको हो । एक महिना लामो रमदान ( रोजा ) पुरा भएको खुशीयालीमा इस्लाम समुदायले आज ईदुल फित्र मनारहेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा लेख्नु भएको छ आज इस्लाम धर्मावलम्बीले मनाउने महत्वपूर्ण र पवित्र पर्व ईद । एक महिना लामो रमादान ( रोजा व्रत ) पूरा भएको छ । रोजा पूरा भएको खुशियालीमा इस्लाम समुदायले आज ईदुल फित्र मनाउदैछन् । इद पर्वको सबैलाई शुभकामना ।