
ईदले समाजको सद्भाव अझै प्रगाढ बनाउने छ, पूर्वराष्ट्रपति भण्डारी
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फितरको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
‘मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फितरको सम्पूर्ण मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना । रमादानको पवित्र महिना सकिएपछि हर्षोल्लासका साथ मनाइने यस पर्वले परिवार र समाजमा आपसी प्रेम, सद्भावलाई अझै प्रगाढ बनाउने छ भन्ने विश्वास छ ।’