राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाल रिहा

काठमाण्डौ । राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाल रिहा भएका छन् । उनलाई प्रहरीले म्याद थप नगरी रिहा गरेको हो । १५ चैतमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

राजावादीले हिंसात्मक प्रदर्शन गरेको दिन उनी परीक्षामा सामेल थिए । प्रदर्शन उत्तेजक बनाउन नेपालको कुनै भूमिका नदेखिएपछि रिहा गरिएको प्रहरी स्राेतले बताएको छ ।