
दुर्गा प्रसाईंको भिडियो सन्देश– काठमाण्डौ छोडेर कतै भागेको छुँइन
काठमाण्डौ । शुक्रबारको राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंले भिडियो सन्देश जारी गर्नुभएको छ । प्रसाईले फेसबुकमार्फत आज भिडियो सन्देश जारी गर्नुभएको हो ।
गएको शुक्रबार काठमाण्डौको तीनकुनेमा राज्यले आफूलाई मार्ने उद्देश्यले हिंसा भड्काएको र दमन गरेको उनले आरोप लगाउनुभएको छ । निजी घरको छतमा प्रहरी जाँदा अवस्था बिग्रेको उहाँको भनाइ छ ।
त्यस दिन तीनकुनेमा आफूमाथि प्रायोजितरुपमै गोली हान्न खोजिएको तर गोली आफ्नो कानको छेउबाट गएको प्रसाईंको दाबी छ । आफू हाल काठमाण्डौको कुनै एक मन्दिरमा बसेको र नेपाल छोडेर कतै नभागेको पनि उहाँले बताउनुभएको छ ।