
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा भोलि स्ववियु चुनाव
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव भोलि हुने भएको छ ।
त्रिवि स्ववियु निर्वाचन समितिले एक सूचना निकालेर भोलि सोमवार मतदान हुने जानकारी दिएको हो ।
पाटन उच्च अदालतले निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसलापछि मतदानको मिति तय गरिएको हो ।
यसअघि चैत ५ मा हुनुपर्ने चुनाव विवादका कारण चैत ८ मा तोकिएको थियो । चैत ८ मा पनि हुन नसकेको केन्द्रीय क्याम्पसको स्ववियु चुनाव भोलिका लागि तय भएको हो ।