कोशी र गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाण्डौ । आज कोशी र गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । ती दुई प्रदेशका उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । देशमा पश्चिमी वायुको प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली छ । तराई क्षेत्रको मौसम आज सफा छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ ।