
महानगरले पूर्वराजालाई तोक्यो ७ लाख ९३ हजारको जरिवाना
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
हिजो राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो । महानगरपालिकाले शाहको नाममा विभिन्न शीर्षकमा ८ वटा पत्र काट्दै जरिवाना तोकेको हो ।
महानगरले वडा न ३२ कोटेश्वर तथा तीनकुने क्षेत्रको सडक तथा पेटीमा जथाभावी फोहोरमैली गरि वातावरण प्रदुषण गरेकाले ज्ञानेन्द्र शाहलाई १र१ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ । यस्तै दमकल र अग्निनियन्त्रकहरुमाथि ढुंगामुडा गरि क्षति पुर्याएकोमा १ लाख ३० हजार रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै तीनकुनेमै वातावरण प्रदुषण गरेकाले थप १ लाख जरिवानाको पत्र निर्मल निवास पठाइएको छ । यस्तै बालकुमारी र जडिबुटी सडक क्षेत्रमा फोहोरमैलागरि वातावरण प्रदुषण गराएको भन्दै १/१ लाख जरिवाना गरिएको छ । साथै तीनकुने क्षेत्रमा रहेको रुख बिरुवा, रेलिङ भत्काउने तोडफोड गरेबापत्त ४० हजार र आइल्याण्डमा तोडफोड गरेबापत २३ हजार रुपैयाँ जरिवाना तोेकेको छ ।
उक्त पत्रहरु निर्मल निवास पठाइसकिएको महानगरले जनाएको छ ।