प्रदर्शनको क्रममा भएको क्षतिको जरिवाना तिराउँदै महानगर

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले हिजो प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना तिराउने तयारी गरेको छ ।

क्षतिको प्रकृतिअनुसार कानुनबमोजिम जरिवाना तिराइने महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, महानगरले सहरी योजना आयोग, सहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर अध्ययन थालेको छ ।