
नेपाल सुपर लिग आजबाट सुरु
काठमाण्डौ । नेपाल सुपर लिग(एनएसएल)को तेस्रो संस्करण आजबाट सुरु हुँदैछ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको उद्घाटन हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्नेछन्। उद्घाटन खेल साँझ ६ बजे सुरु हुनेछ। काठमाडौं र ललितपुरले हालसम्म ४ वटा खेलमा आमने सामने भएका छन्। जसमा काठमाडौंले ३ खेलमा जित हात पारेको छ भने १ खेल ललितपुरले जितेको छ।
यो प्रतियोगिता ७ टोलीले उपाधिको लागि खेल्नेछन्।