
संयुक्त जनआन्दोलन जारी छ : नवराज सुवेदी
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आन्दोलन जारी रहेको जनाएको छ ।
शनिबार समितिले विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहेको बताएको हो । आन्दोलनको नेतृत्वको जनता स्वयंले गरेको समितिले दाबी गरेको छ । कसैकाे इसारामा आन्दोलन नहुने समितिले बताएकाे छ ।
शुक्रबार तीनकुनेका भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता रहेको भन्दै बदनाम गराउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ ।
दुर्गा प्रसाईंलगायतलाई पक्राउ पूर्जी जारी गर्ने, कार्यक्रमपछि रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाललगायतलाई पक्राउ गर्ने काम भएको भन्दै आफूलाई नजरबन्दमा राखिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी बताएका छन् ।