
काठमाण्डौ तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको निर्णय
काठमाण्डौ । सरकारले काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ ।
हिजो बेलुकी बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।