म्यान्मार र थाइल्याण्ड भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या एक सय ४४ पुग्यो

एजेन्सी । म्यान्मार र थाइल्याण्डमा हिजो गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४४ जना पुगेको छ । सयौँ घाइते भएका छन् ।

प्रारम्भिक विवरण अनुसार घाइतेको सङ्ख्या कम्तीमा सात सय ३२ जना पुगेको छ । भत्किएका भवनहरूमा फसेकाहरुको उद्धार कार्य चलिरहेको छ । भूकम्पले म्यान्मारमा भवन, पुल, सडक भत्किएका छन् ।

त्यस्तै बैङ्ककमा निर्माणाधीन ३० तले गगनचुम्बी भवन पनि भत्किएको छ । म्यान्मारले अन्तर्राष्ट्रिय सहायताको लागि अपिल गरेको छ । कुनै पनि देश या संस्थालाई सहयोग खुला गरिएको बीबीसीले जनाएको छ ।

म्यानमारमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पले म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।

म्यानमारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि फेरि ६ दशमलव ४ म्याग्निच्युडको अर्काे भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।