तीनकुने घटनामा आयाेजक नै जिम्मेवार : गृह मन्त्रालय

काठमाण्डाै । गृह मन्त्रालयले आज काठमाण्डाैकाे तीनकुने क्षेत्रमा राजावादीकाे प्रदर्शनलाई लिएर गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

मन्त्रालयका सहसचिव छवि रिजालले विज्ञप्तिमार्फत राजवादीकाे प्रदर्शनमा तीनकुने क्षेत्रमा स‌ंविधानप्रदत्त विचार र अभिव्यक्तिकाे स्वतन्त्रता र विना हातहतियार शान्तिपूर्व भेला हुने स्वतन्त्राकाे उपहास गर्दै हिंसात्मक गतिविधि भएकाे बताउनुभएकाे छ ।

व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत गाडीमाथि भएकाे ताेडफाेड र आगजनीका घटनाहरू गैरकानूनी र घाेर भर्त्सनायाेग्य रहेकाे विज्ञप्तिमा उल्लेख छ । यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने/गराउने कार्यका लागि प्रदर्शनका आयाेजक स्वयम् नै पूर्णरूपमा जिम्मेवार हुने मन्त्रालयले बताएकाे छ ।

यस्तै यस प्रकारका अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न जाेसुकैलाई पनि कानूनकाे दायरमा ल्याई विधिकाे शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेकाे विज्ञप्तिमा उल्लेख छ ।