काठमाण्डौ महानगरपालिकाले एसईई दिएर गन्तव्यमा पुग्न समस्या भए गाडी उपलब्ध गराउने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले महानगरभित्र एसईई दिएर गन्तव्यमा पुग्न समस्या भए गाडी उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाले आज हुने भनिएका विभिन्न आन्दोलन र प्रदर्शनलाई मध्यनजर गरेर यस्तो निर्णय गरेको जनाएको छ ।

एसईई दिएर गन्तव्यमा पुग्न समस्यामा परेका विद्यार्थीले हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ सम्पर्क गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।

त्यस्तै नायब प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालको सम्पर्क नम्बर ९८५१०६८०९६ ( वानेश्वर), नायब प्रहरी उपरीक्षक मनोज प्रसाद लामिछानेको सम्पर्क नम्बर ९८५१०९३१७६ ९रत्नपार्क०, नायब प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्टको सम्पर्क नम्बर ९८५१२३३६३३ ( नयाँ बसपार्क) र नायब प्रहरी उपरीक्षक प्रकाश पण्डितको सम्पर्क नम्बर ९८५१०५६३४६ ( टेकु ) मा फोन गर्न सकिने छ ।