
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तीन दिने कार्यक्रम लिएर रुपन्देही भ्रमणमा
रुपन्देही । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तीन दिने कार्यक्रम लिएर बिहीबार रुपन्देही पुग्नुभएको छ। कोशी र गण्डकी प्रदेशको भ्रमणपछि उहाँ लुम्बिनी आइपुग्नुभएको हो ।
बिहीबार बिहान काठमाडौंबाट भैरहवा ओर्लिएपछि उहाँले लुम्बिनी भ्रमण गर्नुभएको छ । उहाँले शुक्रबार लुम्बिनी विकास क्षेत्रमा निर्माण हुन लागेको बिहारको शिलान्यास गर्ने कार्यक्रम छ भने शनिबार महिला जनप्रतिनिधिहरूसँग अन्तरसंवादसमेत गर्नुहुनेछ ।

रुपन्देहीमा रहँदा उहाँले एमालेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष, केन्द्रीय सदस्य, युवा, विद्यार्थी र महिला संघका नेताहरूसँग छलफलसमेत गर्नुहुनेछ । यसैबीच उहाँले लुम्बिनी केबलकारको भ्रमण गर्ने कार्यक्रमसमेत छ । यसैबीच उहाँले माँ कामाख्या देवी मन्दिर दर्शन र त्रिवेणीधाम यात्रासमेत गर्नुहुनेछ ।