लोकतन्त्रको विकल्प निरङ्कुशता होइन : गृहमन्त्री लेखक

रुपन्देही । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन नसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ को आयोजनमा रुपन्देहीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै लेखकले अगाडि बढिसकेको कुनै पनि समाज पछाडि नफर्कने बताउँदै लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन नसक्ने बताउनुभएको हो ।

गृहमन्त्री लेखकले लोकतन्त्रका लागि कांग्रेसले ८ दशकसम्म सङ्घर्ष गरेको बताउनुभयो । लोकतन्त्र विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको बताउँदै लेखकले कांग्रेस लोकतन्त्र र संविधानको सुरक्षाका लागि दृढताका साथ अघि बढ्ने जानकारी दिनुभयो ।