
सुनको मुल्य एकैदिनमा १३ सय रूपैयाँ बढ्यो
काठमाण्डौ। आज एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढे्को छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन १३ सय रूपैयाँ बढेर सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ ।
यसअघि सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
साथै, चाँदीको मूल्य पनि आज बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।