
कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान पुगे सर्वोच्च अदालत
काठमाण्डौ । सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुग्नुभएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई पदबाट हटाई सो ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।
घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गरी सर्वोच्चमा रिट दायर गर्नुभएको छ । तर रिट भने दर्ता नभएको र समय नपुगेकाले रिट दर्ता नभएको सर्वोच्चको स्रोतले जनाएको छ ।
प्रतिनिधिमार्फत घिसिङको रिट ५ बजे सर्वोच्च पुग्नुभएको थियो । रिटमा आफूलाई पदबाट हटाउने निर्णय बदर गर्न माग गर्नुभएको छ ।