
खड्कागाउँमा भएको हत्या प्रकरणमा संलग्न १६ जना पक्राउ
काठमाण्डौ । काठमाण्डौको खड्कागाउँस्थित सडक खण्डमा दुई समूहबीच भएको झगडामा १ युवकको हत्या प्रकरणमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
११ चैत साँझ पुरानो रिसइबीका कारण दुई पक्षबीच भएको झगडामा दोलखाको मेलुङ गाउँपालिका-४ स्थायी घर भई चन्द्रागिरि नगरपालिका-७ बस्ने २३ वर्षीय अभय (अबे) तामाङलाई धारिलो हतियार तथा फलामको रड प्रहार गरी गम्भीर घाइते बनाइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाएको छ ।
पक्राउ परेका व्यक्तिहरू
१. आशिष श्रेष्ठ (२१), पर्सा
२. सुजन तामाङ (२१), धादिङ
३. राज अर्याल (२७), काठमाण्डौ
४.डेनियल विश्वकर्मा (२०), सिन्धुली
५. निश्चल ब्लोन तामाङ (२०), सर्लाही
६. सुशान श्रेष्ठ (१९), सुनसरी
७. बिनय आले मगर (२३), धादिङ
८. खेमराज बहादुर मगर (२१), उदयपुर
९.रञ्जित श्रेष्ठ (२२), गोरखा
१०.साङ्गे तामाङ(२०), उदयपुर
११. अजित बुढाथोकी (२५), काठमाण्डौ
१२. रोहित खड्का (२५), काठमाण्डौ
१३. प्रविन झेडी (२०), नवलपरासी पूर्व
१४. गौतम कमर जोगी (१९), तनहुँ
१५. प्रवेश गुरुङ (२२), सुनसरी
१६.डेविड घले (२२), काठमाण्डौ