
ओलीको टिप्पणी : लोडसेडिङ अन्त्य विभिन्न सरकारले गरेका कामका कारण भएकाे हाे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लोडसेडिङ अन्त्य कुलमान घिसिङ एक्लैले नगरेको टिप्पणी गरेका छन्। कांग्रेस नेत्री सुजता कोइरालाद्वारा लिखित आत्मकथा ‘म र मेरो सानोबुबा’को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो कुरा बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो ?, ओलीले थप्नुभयाे, ‘हिजो त्यही काम गरेको अर्को एक जनालाई निकालेर काम नभएको पदमा सरुवा गरिदिनुभयो र रिटायर्डलाई ल्याएर राखिदिनुभयो।’
प्रधानमन्त्री ओलीले लोडसेडिङको अन्त्य विभिन्न सरकारले गरेका कामका कारण भएको उल्लेख गर्नुभयाे।