
वीरगञ्जबाट ८ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात
पर्सा । वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्षको ८ महिनामा ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गएको आर्थिक वर्षको यही अवधिको तुलनामा यो १ सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालू आर्थिक वर्षमा भटमासको तेल निर्यात बढेको छ । ८ महिनामा २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार १ सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो ।
यसैगरी ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको जुस र ३ अर्ब ६८ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।