सुनको मुल्य आज २ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको मुल्य आज २ सय रुपैयाँले घटेको छ । हिजो ६ सय रुपैयाँले घटेको सुनको मुल्य आज २ सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । हिजो सुन तोलाको १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै लागातार तेश्रो दिन आज पनि चाँदीको मुल्य यथावत् छ । आज चाँदी तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।