कुलमानलाई हटाएको विरोधमा प्रदर्शन (फोटो फिचर)

काठमाण्डौ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा प्रदर्शन गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो । सामाजिक सञ्जालहरूमा उक्त निर्णयको विरोध भइरहँदा अनेरास्ववियूले प्रदर्शन गरेको हो ।

अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्ग ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसहित विरोध प्रदर्शन गरेको हो ।