सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटायो

काठमाण्डौ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

हिजो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारीमन्त्री सहकारीमन्त्री बलाराम अधिकारीले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो । पटकपटक स्पष्टिकरण सोध्दा पनि उहाँले चित्तबुझ्दो जवाफ दिन सक्नुभएन ।

घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटकपटक स्पष्टिकरण सोधेको थियो । पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टिकरण दिनुभएको थियो ।