
तीन संसदीय समितिको बैठक बस्दै
काठमाण्डौ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौँदा प्रतिवेदन उपर छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
त्यस्तै दिउँसो ३ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, वि।पी र अरनिको राजमार्गलगायतका राष्ट्रिय राजमार्गहरुको वर्तमान अवस्थाबारे छलफल हुनेछ ।