
प्रमुख प्रशासकीय अधिकृत नभएर कर्मचारीको तलब रोकिएको भन्दै बालेन आक्रोशित
काठमाण्डौ – प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलब रोकिएको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह सरकारसँग आक्रोशित हुनुभएको छ ।
गएराति फेसबुक स्टाटस लेख्दै उहाँले सरकारको दम्भले गर्दा काठमाण्डौ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको उल्लेख गर्नुभएको छ ।
मेयर शाहले लेख्नुभएको छ, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !’