
काठमाण्डौको कलङ्कीमा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गयो
काठमाण्डौ । काठमाण्डौको कलङ्कीमा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । गएराति काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलङ्कीमा रहेको एलआरआई स्कूल नजिकै दुई समूहबीच झडप हुँदा ढुङ्गेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको उपचारको क्रममा ज्यान गएको काठमाण्डौ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुई समूहबीच होलीमा भएको विवादलाई लिएर हिजो झडप भएको हो ।
घटनामा अरू तीन जना घाइते भएका छन् । कुटपिट गर्ने एकजना पक्राउ परेका र अरू दुई जना फरार रहेका प्रहरीले जनाएको छ ।