
कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाण्डौ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । धेरै ठाउँको मौसम मुख्यतया सफा नै छ ।
आज दिउँसो कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन र चट्याङसिहत वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अरू सबै प्रदेशमा मौसम मूख्यतया सफा रहेको छ । प्रिमनसुनको समय भएकाले दिउँसोपछि काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा तथा मधेस प्रदेश र अरू प्रदेशका तराई क्षेत्रमा सामान्य हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।