
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत
विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् ।
विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षकाे दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए, महासचिव हिरामान लामा नै दोहोरिए । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।