प्रेस चौतारीको १०औं महाधिवेशन सुरु, एमाले महासचिव पोखरेलद्वारा उद्‌घाटन

काठमाण्डौ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १०औं महाधिवेशन महाधिवेशन सुरु भएको छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ कोशी प्रदेशको राजधानी विराटनगरमा सुरु भएको हो ।

विराटनगरमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभयो।

केन्द्रीय महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको थियो। प्रधानमन्त्री ओली नआउने भएपछि महासचिव शंकर पोखरेल उद्घाटन गर्नुभएको हो। महाधिवेशनका लागि सङ्गठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर आइपुगिसकेका छन्। महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिनुभयो।

अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाट र प्रतिनिधिलाई आज र भोलिका लागि खाना र आवासको व्यवस्था गरिएको छ। महाधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन गर्ने महासचिव लामाले जानकारी दिनुभयो। चौतारीको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन्।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमालेका केन्द्रीय नेताहरू, पत्रकारहरूका विभिन्न पेसागत संगठनका नेताहरू लगायतको सहभागिता रहेको छ।

कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्माररिका विमोचन गरिएको छ। प्रेस चौतारी नेपालले प्रदान गरेको विभिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएको छ। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ।