
राति मधेस प्रदेशसहित देशका धेरै ठाउँमा वर्षा
काठमाण्डौ । मधेस प्रदेशसहित देशका धेरै ठाउँमा राति पानी परेको छ । अरू ठाउँको तुलनामा मधेसका सप्तरी, सिरहा, महोत्तरीमा धेरै पानी परेको छ । यस्तै हिजो बेलुकी गोरखा, तनहुँ, प्युठान लगायतका ठाउँमा पनि पानी परेको थियो ।
काठमाण्डौसहित देशका केही ठाउँमा राति हावाहुरीसमेत चलेको थियो । अहिले मधेससहित पूर्वी तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ । आजदेखि पश्चिमबाट मौसम क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।