‍नाइजेरियाको एउटा मस्जिदमा भएको आक्रमणमा कम्तीमा ४४ जनाको ज्यान गयो

एजेन्सी । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी कम्तीमा ४४ जना सर्वसाधारणको ज्यान गएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले हिजोदेखि तीन दिने शोकको घोषणा गरेको छ ।

नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजनमार्फत कोकोरोको ग्रामिण शहरको फोनबिटामा रहेको मस्जिदमा भएको आक्रमणमा ४४ जनाको ज्यान गएको १३ जना घाइते भएका जनाएको रोयटर्सले जनाएको छ ।

मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसोको समयमा आक्रमण भएको थियो । आतङ्ककारीहरूले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएको मन्त्रालयले जनाएको छ ।