
वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन
काठमाण्डौ । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । वरिष्ठ पत्रकार बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।
बस्नेत राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष हुन् । बस्नेतको शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने छ । गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेक बस्नेत पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक थिए ।
गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिए रहेका उनी गणेशमान सिंह स्मृति बाटिकाका अध्यक्षसमेत थिए । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन कारावासको सजाय दिइएको थियो ।
उनी २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि जेल मुक्त भएका थिए । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् ।