गएको वर्ष विश्वभर झन्डै ९ हजार जनाले आप्रवासनका क्रममा मुत्यु

एजेन्सी । आप्रवासीका लागि गएको वर्ष सबैभन्दा खराब रहेको र विश्वभर झन्डै ९ हजारले आप्रवासनका क्रममा मुत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा आठ हजार नौ सय ३८ जनाको मुत्यु भएको उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का उपनिर्देशक उगोची डेनियल्सले विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो सङ्ख्या असह्य रहेको बताउनुभयो । सन् २०२४ मा एशियामा २ हजार सात सय ७८, अफ्रिकामा २ हजार २ सय ४२ र युरोपमा दुई सय ३३ जनाको मुत्यु भएको थियो ।

युरोप पुग्न चाहनेहरूका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा २ हजार ४ सय ५२ जनाको मुत्यु भएको आईओएमलाई उद्धित गरी समाचार संस्था एएफपीले जनाएको छ । अमेरिका पुग्न चाहने मानिसको अनौपचारिक तथ्याङ्कअनुसार कम्तीमा १ हजार २ सय ३३ जनाले मुत्यु भएका छन् ।