सुनको मुल्य आज १ हजार रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनको मुल्य उच्च मूल्यबाट तोलामा १ हजार रुपैयाँले घटेको छ । आज सुनको मुल्य तोलामा १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति तोलामा १ लाख ७६ हजार रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको मुल्य हिजो भने स्थिर रहेको थियो । यस हप्ताको पहिलो दिन आइतबार सुनको मुल्य तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँ रहेको थियो । सुनको मुल्य हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा ९ सय रुपैयाँले बढी हो ।

यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मुल्य आज तोलामा ३५ रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको २ हजार ३० रुपैयाँ कायम भएको थियो ।