प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यसूची छ । आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद-९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लाग्नुभएको हो ।

आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नुहुनेछ । यस्तै अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ लाई पनि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने समय छुट्टाइएको छ ।