सुन तोलाको एक लाख ७६ हजार रुपैयाँ पुग्यो

काठमाण्डौं । सुनको मुल्यले आज कीर्तिमान बनाएको छ । सुनको मुल्य अहिलेसम्मकै उच्च भएर तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मुल्य एकैदिन तोलामा आठ सय रुपैयाँले बढेको हो । सुनको मुल्य बढेर हिजो पनि कीर्तिमान बनाएको थियो । हिजो सुनको मुल्य तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य भने सामान्य घटेको छ । चाँदीको मुल्य आज तोलामा पाँच रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।