विश्व शान्ति पुजा २०८१ चरिकोटमा हुने

काठमाण्डौ । विश्व शान्तीको लागि १८ औँ १० करोड वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा २०८१ चरिकोटमा हुने भएको छ ।

यहि चैत्र १७ गते देखि २६ गते सम्म १० दिन सम्म १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ती पुजा कार्यक्रम चरिकोट स्थित टुडिखेलमा आयोजना गरिएको कार्यक्रमका संयोजक खेम्पो पेमा छिरी शेर्पाले बताउनु भयो ।

कार्यक्रमको वारेमा चरिकोटमा आज पत्रकार १० करोड वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा र त्यसको तयारीको वारेमा जानकारी गराईएको थियो । दश दिन सम्म चरिकोट स्थित टुडिखेलमा करिव एक हजार लामाहरु सहभागी भई दैनिक रुपमा मन्त्र जप गर्नेछन् । कार्यक्रममा देश तथा विदेशका विभन्न लामाहरु सहभागी हुने आयोजकले जनाएको छ ।

सुरुमा गुुरु पदमसम्भवको अभिषेक वाङ र वज्रगुरु मन्त्रजपको वारेमा रिन्पोछेबाट प्रवचन हुने र अन्य दिन दैनिक गुरु पदमसम्भवको मन्त्रजप मोन्लाम पुजापाठको साथै दैनिक धार्मिक प्रवचनहरु हुने पुजा व्यवस्थापन समितीका संयोजक मिङगुर शेर्पाले बताउनु भयो ।

हाल सम्म यो पुजा देशको विभिन्न ठाउँहरुमा हुँदै आएको र १८ औँ १० करोड वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा कार्यक्रम दोलखामा आयोजना गर्ने तयारी अनुसार कार्यक्रमको आयोजना गरिएको खेम्पो पेमा छिरी शेर्पाले बताउनुभयो ।

कार्यक्रममा दश दिन सम्म खेम्पो तथा अन्य लामाहरुद्धारा प्रवचन दिनुहुने छ । दोलखाको अभिकांश भुभाग र दोलखा रामेछाप सिन्धुपाल्चोक, सोलु, काठकाण्डौलाई लक्षीत गरी दोलखामा यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सो अवधीमा हजारौ व्यक्तहरु पुजामा सहभागीहुने छ । कार्यक्रमको लागि करिव साढे ३ करोड खर्च लाग्ने अनुमान गरिएको खेम्पो पेमा छिरी शेर्पाले बताउनुभयो ।