
नौ महिनादेखि अन्तरिक्षमा फसेका दुई जना अन्तरिक्षयात्री पृथ्वीमा आइपुगे
काठमाण्डौ । नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ( आईएसएस ) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किनुभएको छ ।
उहाँहरु नेपाली समयअनुसार आज बिहान सबेरै पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गर्नुभएको हो ।
विना योजना नौ महिना अन्तरिक्षमा विताउनुभएका अन्तरिक्षयात्री सुनिता र बुचले फ्लोरिडाको तटबाट खसेको स्पेसएक्सबाट निस्कँदा मुस्कुराउँदै हात हल्लाउनुभएको बीबीसीले जनाएको छ ।
क्यामरा जडित डल्फिनको एउटा समूहले उहाँहरुको रकेट समुद्रमा डुब्दै गर्दा निरीक्षण गरेको छ । उहाँहरु आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा स्पेस स्टेशन जानुभएको थियो । तर स्पेस क्राफ्टमा प्राविधिक समस्या आएपछि उहाँहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिनुभएको थियो ।
वैज्ञानिकहरुले अन्तरिक्ष कठिन भए पनि सुनिता र बुचको अन्तरिक्षमा नयाँ परिस्थितिमा अनुकूलन गर्ने र अन्तरिक्ष स्टेशनमा जीवन चलाइरहने निर्णय साहसिलो कदम भएको बताएका छन् । उहाँहरुको अनुभव र कामबारे जानकारी दिन नासाले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।