
विश्व सामाजिक कार्य दिवस भव्य रूपमा सम्पन्न
काठमाण्डौ । हरेक वर्ष मार्च महिनाको तेस्रो मङ्गलबार मनाइने विश्व सामाजिक कार्य दिवस, “दीर्घकालिन कल्याणका लागि पुस्तान्तरिय एकता सुदृढ” भन्ने मुल नाराका साथ आज मार्च १८ मा भव्यताका साथ सम्पन्न भएको छ ।
सोही अवसरमा केन्द्रिय सामाजिक कार्य विभाग त्रिभुवन विश्वविद्यालयले मार्च महिनाको अन्तिम दिन पदयात्रा र समूहगत छलफल गर्दै भव्यताका साथ मनाउने पहल गरेको छ ।
त्यस दिन सामाजिक अभियन्ताहरूको कडा परिश्रम र समर्पणलाई मान्यता दिइने विश्वास राखिएको छ । सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्दै सामाजिक न्याय, मानव अधिकार, र सामाजिक विकासको वकालत गर्ने विश्वव्यापी संगठन “इन्टरनेशनल फेडरेशन अफ सोसियल वर्क” ले समाजसेवाको पैरवीका लागि सहकार्य गर्नेछ, जहाँ त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूको सक्रिय सहभागितासमेत रहनेछ ।
मार्च महिनाको अन्तिम दिनलाई समाज सेवामा संलग्न व्यक्तिहरूका लागि आफ्ना उपलब्धिहरू मनाउने अवसरका रूपमा हेर्न सकिन्छ । साथै, यस दिनले सामाजिक सेवा क्षेत्रमा थप योजना, विकास, र सहयोगको आवश्यकतातर्फ ध्यानाकर्षण गर्दै नेपालमा सामाजिक कार्यसम्बन्धी नीति नियमको वकालत गर्न तथा सामाजिक कार्यकर्ताहरूको पहिचानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।
यस कार्यक्रमको नेतृत्व सामाजिक विभागीय प्रमुख अभियान केसी र स्नात्तकोत्तर सामाजिक कार्यको पहिलो सेमेस्टरमा अध्ययनरत विधार्थीहरु क्रमशः तिलक बटाला, जेनिथ गिरी र उमेश न्यौपानेले लिएका छन ।