
अछामको बाटुलासैन केन्द्रविन्दु भएर भूकम्प
काठमाण्डौ । अछामको बाटुलासैन केन्द्रविन्दु भएर बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ३३ मिनेटमा बाटुलासैन आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि गएको फागुन २६ गते कास्कीमा पनि चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
पछिल्लो समय देशका पूर्व, मध्य र पश्चिम भागमा साना–ठूला भूकम्पको धक्का महसूस भएका छन् ।