काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त

काठमाण्डौ । काठमाण्डौ विश्वविद्यालय  ( केयू ) को उपकुलपतिमा प्रा।डा।अच्युत वाग्ले नियुक्त हुनुभएको छ ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।

माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा हुनुहुन्थ्यो । यसअघि उहाँ २०७९ असोज २ गते रजिष्ट्रार नियुक्त हुनुभएको थियो ।