हेटौंडाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा-१५ रातोमाटे स्थित पुर्वपश्चिम सडकखण्डमा बिरगंजबाट हेटौडा बजारतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ००७१ नंबरको यात्रुबाहक ईभी गाडीलाई जाँच गर्ने क्रममा ५७ ग्राम ३२० मिलि ग्राम लागू औषध खैरो हेरोईन सहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नंवर १६ बस्ने बर्ष ४० को कुम बहादुर आले र वडा नंबर ४ बस्ने वर्ष ३२ को दिपक परियार रहेको प्रहरीको भनाई छ ।